काठमाडौं महानगरको पछिल्लो अपडेटः सिर्जनाले ३० हजार कटाउँदा बालेनको ४९ हजार पुग्यो

१० जेष्ठ २०७९, मंगलवार ०६:१९

काठमाडौं । काठमाडौं महानगरपालिकाको मत गणना उत्तराद्र्धमा पुगेका छ । आज विहानसम्मको पछिल्लो विवरण अनुसार बालेन साहले ४८,९२२ मत प्राप्त गरेका छन् । उनका निकटम् प्रतिद्धन्दी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३०,०२५ मत प्राप्त गरेकी छिन् ।

अघिल्लो निर्वाचनमा काठमाडौं महानगरमा मेयर जितेको एमाले यस पटक तेस्रो हुने देखिएको छ । एमालेबाट मेयर पदमा उम्मेदवारी दिएका केशव स्थापितले २९,२५९ मत प्राप्त गरेका छन् ।

काठमाडौं महानगरपालिकाको मत विश्लेषण गर्दा एमालेकै मतका आधारमा बालेन साहले यति धेरै मत पाएको सहजै अनुमान लगाउन सकिन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*