नेपाल पुनर्बीमाको बोनस शेयर शेयरधनीको खातामा जम्मा हुने प्रकृया अघि बढ्यो, रजिष्ट्रारबाट स्वीकृत
काठमाडौं। नेपाल पुनर्बीमाको लाभांश कम्पनी अब चाडौ नै शेयरधनीको खातामा बोनस शेयर जम्मा गराउने भएको छ। यसअघि कम्पनीले शेयरधनीको खातामा नगद लाभांश गराईसकेको छ । कम्पनीको बोनस शेयर शेयरधनीको खातामा जम्मा गराउन कम्पनी रजिष्ट्रार कार्यालयबाट स्वीकृत भएको छ । यो साता नेपाल धितोपत्र बोर्डमा पठाउने तयारी भईरहेको कम्पनीले जनाएको छ।
कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट आफ्ना शेयरधनीलाई १६ दशमलव ५० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि समेत गरी २ दशमलव ५० प्रतिशत नगद गरि कुल १९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
जसबाट नगद लाभांश शेयरधनीको खातामा जम्मा गराईसकेको छ भने बोनस शेयर रजिष्टार कार्यालयबाट पारित भएको छ । सोबेनमा पुगेपछि शेयरधनीको खातामा बोनस शेयर जम्मा हुने कम्पनीले जनाएको छ।
बीमा समितिबाट गत असोज ४ गते र अर्थ मन्त्रालयबाट मंसिर २० गते कम्पनीले प्रस्ताव गरेको लाभांश स्वीकृत गरेको हो । उक्त प्रकृया पूरा भएसँगै शेयरधनीले बोनस शेयर पाउनेछन् । कम्पनीले बोनस शेयरको लागि अर्थमन्त्रालय, बीमा समिति, रजिष्टार कार्यालय हुँदै नेपाल धितोपत्र बोर्डमा दिने अन्तिम तयारी गरिरहेको हुँदा अर्को सातामा नै शेयरधनीको खातामा बोनस शेयर जम्मा हुने जनाएको छ ।
नेपाल पुनर्बीमा कम्पनी सरकारी स्वामित्वमा रहेको कम्पनी भएको हुुँदा अर्थमन्त्रालय, रष्ट्रिार कार्यालयमा पेश गनुपर्ने भएको कारण प्रकृया लामो भएको कारण अन्य प्राईभेट कम्पनी सरह छिटो हुँदैन ।