बीमा क्षेत्रमा पहिलो पटक मेटलाइफको डिजिटल रेक्रुटमेन्ट सोलुसन

बीमा अभिकर्ता बन्न अनलाइनबाटै सम्पुर्ण प्रकृया पुरा गर्न सकिने
९ जेष्ठ २०७९, सोमबार १७:१४

काठमाडौं। मेटलाइफ नेपालले डिजिटल माध्यमबाट बीमा सल्लाहकारहरु भर्ना गर्नका लागि नेपालमै पहिलो पटक मेटलाइफ एजेन्सी रेक्रुटमेन्ट सोलुसन प्लेटफर्म शुरु गरेको छ ।बीमा सल्लाहकारहरुको छनौट तथा भर्नाका लागि ल्याइएको यस अभिनव डिजिटल सोलुसनको अनावरण मेटलाइफका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठले अन्य वरिष्ठ अधिकारीहरुसँग कम्पनीको मुख्य कार्यालय काठमाडौंमा गरेका हुन् ।

एमएआरएसमा इच्छुक बीमा अभिकर्ताहरुले अनलाइन नयाँ खाता खोली, आवश्यक कागजातहरु अपलोड गरेर आफ्नो प्रोफाइल बनाउन सक्नुका साथै आफूलाई चाहिने अनिवार्य तालिम प्रशिक्षणहरु लिन र इजाजतपत्रहरुकालागि पनि अनलाइन नै आवेदन दिन सक्छन् ।

यसका अतिरिक्त उम्मेद्वारहरुले एमएआरएस मा उपलब्ध भएका एजेन्सी प्रबन्धकहरुको प्रोफाइल आफैं विश्लेषण गरि आफूलाई मन परेको प्रबन्धक छनोट गर्न सक्छन् जसले गर्दा उनीहरुलाई आफूले इच्छाएको प्रबन्धकहरुसँग काम गर्न र सो प्रबन्धकको निर्देशनमा आफूले अभिकर्ताको रुपमा व्यापक यात्रा अनुभवको अवसर पनि प्राप्त गर्न सक्छन् ।

कम्पनीका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठका अनुसार, “यस अनलाइन सोलुसनले नेपालका विभिन्न स्थानहरुबाट कम्पनीलाई नयाँ अभिकताहरु भर्ना गराउन सक्षम पारी देशभरका धेरै ग्राहकहरुमाझ मेटलाइफलको बीमा सुरक्षाका फाइदाहरु पुयाउन मद्दत गर्नेछ ।” साथै वहाँले यस डिजिटल पोर्टलले कम्पनीका सबै सरोकारवालाहरुलाई मेटलाइफसँग काम गर्न अझ सजिलो र सुविधाजनक बनाउन नयाँ डिजिटल प्लेटफर्महरू प्रस्तुत गर्ने आफ्नो प्रतिबद्घतालाई मजबुत बनाएको बताएका छन् ।

एमएआरएस मेटलाइफ नेपालको डिजिटल बिक्रिमा पहिले देखि नै प्रयोगमा रहेका काईट(किप इन् टच एभर), डिएपी (डिस्ट्रिब्युसन एडभान्टेज प्लेटफर्म), तथा एलएमस (लिड्स म्यानेजमेन्ट सिस्टम) हरुमा थपिएको हो ।

यस कागजविहीन सोलुसनले कम्पनीलाई बीमा वितरण प्रतिनिधिहरुको अझ छिटो तथा कुशल भर्ना गराउन सक्षम गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*