चन्द्रकोट गाउँपालिकामा स्थानीय सरकारले स्वास्थ्य बीमामा ५०% छुट दिने

९ जेष्ठ २०७९, सोमबार १५:४२

काठमाडौं । गुल्मीको चन्द्रकोट गाउँपालिकाले विपन्न नागरिकको लागि स्वास्थ्य बीमामा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । गत शुक्रबार पदभार ग्रहण गरेका १० पालिकाका जनप्रतिनिधिले स्वास्थ्य बीमामा ५०% सम्म छुट दिने निर्णय गरेको हो ।

साथै स्वास्थ्य बीमा बाहेक निःशुल्क विद्युत उपलब्ध गराउने, एम्बुलेन्स खरिद गर्ने लगायतका निर्णयहरु समेत गरेका छन् । आर्थिक विपन्नताकै कारण नागरिकले स्वास्थ्य बीमा गर्न नसकेकाले छुट दिने निर्णय गरेको चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज खत्रिले बताए ।

साथै यसबाहेक गाउँपालिकाले पालिकामा प्रसूती हुन नसक्ने खालका बिरामीलाई बारिह लैजानुपरेमा अस्पतालले रिफर गरेको कागजपत्रको आधारमा आवश्यक यातायात खर्च समेत प्रदान गर्ने खत्रिले जानकारी दिए ।

यसबाहेक गाउँपालिकाले वडा नं ४ मा रहेको श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्र र वडा नं.५ खज्र्याङको लागि दुई वटा एम्बुलेन्स खरिद गर्ने समेत निर्णय गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*