सिटिजन्स बैंकका ग्राहकलाई सुर्खेत हस्पिटलमा छुट

९ जेष्ठ २०७९, सोमबार १२:२९

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका ग्राहकलाई सुर्खेतस्थित सुर्खेत हस्पिटल प्रा.लि.मा छुट हुने भएको छ । बैंकका ग्राहकलाई सो हस्पिटलमा छुट प्रदान गराउन दुईपक्षबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

उक्त सम्झौतापश्चात बैंकका कार्डबाहकहरुले सुर्खेत हस्पिटलबाट प्रदान गरिने सम्पूर्ण सेवाहरुमा २० प्रतिशत छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२५ वटा ए.टि.एम. र ९३ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १४ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*