किसान लघुवित्तको शेयर बिक्रीमा, ७ दिनभित्र जो कोहिले आवेदन दिन सक्ने
काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो संस्थापक शेयधरनीहरुको नाममा रहेको शेयर बिक्री गर्ने भएको छ ।
कम्पनीका शेयरधनीहरुले आफ्नो स्वामित्वमा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम संस्थाले सो शेयर बिक्रीका लागि ७ दिने सूचना प्रकाशित गरेको हो । कम्पनीले यति उति कित्ता भने खुलाएको छैन ।
संस्थाले यसअघि प्रचलित नियमअनुसार उक्त शेयर प्रथम चरणमा कम्पनीका संस्थापक शेयरधनीहरुलाई नै बिक्री गर्नुपर्ने भएको कारण उक्त संस्थाका विद्यमान संस्थापक शेयरधनीहरुलाई ३५ दिने सूचना प्रकाशित गरेको थियो । सो अवधिभित्र कुनै पनि आवेदन नपरेकोले कम्पनीले अन्य कुनै व्यक्ति तथा संस्थाले खरिद गर्न पाउने गरी सूचना प्रकाशित गरेको हो ।
सो शेयर खरिद गर्न चाहाने इच्छुक व्यक्ति तथा संस्थाले ७ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको केन्द्रीय कार्यालय धनगढी, उपमहानगरपालिका २ कैलाली वा कर्पोरेट कार्यालय, बुढानीलकण्ठ–८ काठमाडौंमा व्यहोरा खुलाई आवेदन दिन सक्नेछन् ।