बालेन साह बिजयतर्फ अघि बढ्दै, ४३ हजार ७०० नाघ्यो भोट

९ जेष्ठ २०७९, सोमबार ०८:४८

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले जीततर्फ उन्मुख भएका छन् । आज विहानसम्मको तथ्याङ्क अनुसार उनले ४३ हजार ७५७ मत प्राप्त गरेका छन् । पछ्याउने क्रममा रहेकी नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहले २५ हजार ६८० मत पुगेको छ ।

बालेनसँग १८ हजार ७७ मतको फराकिलो अन्तरका कारण बालेन साह एक लाख ९१ हजार १२६ मत खसेको काठमाडौं महानगरपालिकामा बिजयतर्फ उन्मुख भएका छन् । अब ६६ हजार ४४० मत गन्न बाँकी छ । हालसम्म एक लाख २४ हजार ५४४ मत गणना भइसकेको छ ।
तेस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले जम्मा २४ हजार ५८८ मत पाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*