लुम्बिनी जनरल इन्स्योरेन्सको १ लाख २२ हजार कित्ता संस्थापक शेयर लिलामीमा
८ जेष्ठ २०७९, आईतवार १३:१०
काठमाडौं। लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको १ लाख २२ हजार २८७ कित्ता संस्थापक सेयर लिलामीमा आएको छ ।कुमारी बैंकले आफ्नो स्वामित्वमा रहेको कम्पनीको संस्थापक सेयर जेठ १३ गतेदेखि लिलाम बढाबढमा बिक्री खुला गरेको हो ।
लुम्बिनी जनरलको उक्त संस्थापक सेयर लिलामीमा जेठ २७ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ ।उक्त संस्थापक सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २०० रुपैयाँ तोकिएको छ ।
शिलबन्दी बोलपत्र बिक्री प्रबन्धक कुमारी क्यापिटल, नागपोखरी नक्साल काठमाडौंबाट प्राप्त गर्न र बुझाउन सकिनेछ ।