नेशनल लाइफद्धारा मृत्यु बीमा दाबी भुक्तानी

८ जेष्ठ २०७९, आईतवार १२:५४

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीले गत २०७८ साल फाल्गुण २३ गते वि.पि. राजमार्गमा मोटरसाईकल दुर्घटनामा परि ज्यान गुमाएका पत्रकार अन्जन रानाको परिवारलाई बुधबार सात लाख रुपैया बीमा दावि भुक्तानीको चेक हस्तान्तरण गरेको छ ।

रानाले २०७८ असार २५ गते छोरी आर्या रानामगरको ७ लाख बरावरको बाल अमृत सावधिक जीवन बीमा –१ नामको पोलिसि खरिद गरि पहिलो किस्ता वापत ३७ हजार ८६ रुपैया भुक्तानी गरेका थिए ।

रानाको समाचार संकलनको क्रममा वि.पि. राजमार्गको ढुङ्ग्रे भञ्ज्याङमा मोटरसाईकल दुर्घटनामा परि मृत्यु भएपछि कम्पनीले बीमा दावी भुक्तानी दिएका सिन्धुली शाखाका शाखा प्रमुख केशव श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार आर्या रानाको बाल अमृत सावधिक जीवन बीम –१ पोलिसिको २० वर्षे शर्त अनुसार अब बार्षिक रुपमा तिर्नु पर्ने ३७ हजार ८६ रुपैया किस्ता पुरै मिनाहा हुने छ भने पोलिसिको सर्त अनुसार १८ औं वर्षमा १ लाख ७५ हजार, १९ औ वर्षमा १ लाख ७५ हजार, २० औं वर्षमा ३ लाख पचास हजार र नियम अनुसार पाउने बोनस रकम प्राप्त हुने छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*