सुर्खेतको मयलकुनामा गार्डेन मार्टको नयाँ शाखा सञ्चालनमा

८ जेष्ठ २०७९, आईतवार ११:३३

काठमाडौं । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले सुर्खेतको गुर्भाकोट ८ मेहलकुनामा सहकारीको २७ औं शाखा तथा गार्डेन मार्टको १८ औ शाखा सञ्चालनमा ल्याएको छ ।

शनिवार गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुन र उप प्रमुख मैना वि. क. ले संयुक्त रुपमा शाखा सञ्चालनको शुभारम्भ गरे । उपभोक्तालाई एउटै छानामुनी सबै किसिमका सामग्रि किनमेलको अनुभव दिलाउने र सहज रुपमा वित्तिय सेवा उपलब्ध गराउने उदेश्यले यहाँ सहकारी र मार्टको शाखा सञ्चालनमा ल्याइएको हो ।

शाखा शुभारम्भको अवसरमा बोल्दै गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुनले सहकारी र मार्ट दुवैकोे सञ्चालनले स्थानीय नागरिकलाई आधुनिक सेवा लिन सजिलो हुने विश्वास ब्यक्त गरे । ‘यसले हाम्रो ठाउँमा व्यवसायिक गतिविधि बृद्धि हुनेछ र स्थानीयलाई आयआर्जनका लागि पनि सहयोग पुग्नेछ’ प्रमुख पुनले भने ।

सहकारीका सुर्खेत प्रमुख चन्दन थापाका अनुसार यो मार्टमा दैनिक उपभोग्यबस्तु, चामल, चिनि, दाल लगायत सबै उमेर समूहका नागरिकलाई हुने लत्ता कपडा, बालबालिकाका लागि खेलौनाहरु उपलब्ध छन् । यसका अलवा महिलाहरुका लागि श्रृंगारका सामग्रिहरु, फ्रिज, बासिङ्ग मेसिन, आइरन, गिजर लगायतका विद्युतीय उपकरणहरु मार्टमा उपलब्ध छन् ।

शुभारम्भको अवसरमा यी सामग्रिहरुको खरिद गर्दा उपभोक्ताले निश्चित प्रतिशत छुट समेत व्यवस्था गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*