११ प्रतिशत लाभांंश प्रस्ताव सहित नेपाल इन्स्योरेन्सले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले ७३औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको जेठ ६ गते बसेको संचालक समितिको बैठकले सभा जेठ ३० गते सोमबार बस्ने निर्णय गरेको हो ।
उक्त बैठकको निर्णयअनुसार सभा जेठ ३० गते नेपाल पर्यटन बोर्ड, प्रदर्शनीमार्ग, काठमाडौंमा बिहान ११ बजे हुनेछ ।
उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको कायम चुक्तापुँजी १ अर्ब २४ करोड रुपैयाँबाट ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ५७८९ प्रतिशत नगद लाभांश गरी कुल ११.५७८९ प्रतिशत लाभांश पारित गर्नेछ ।
यसबाहेक उक्त सभाले कम्पनीको अधिकृत पुँजी २ अर्बबाट २.६ अर्ब पुर्याउने सभाको विशेष प्रस्ताव रहेको छ । साथै आर्थिक वर्ष २०७७।०७८ को वार्षिक प्रतिवेदन उपर छलपफल गरी पारित गर्नेछ ।
त्यस्तै, सोही सभाले आव २०७७।०७८ को नाफा नोक्सान हिसाब, नगद प्रवाह जस्ता विवरणहरु छलफल गरि पारित गर्नेछ । साथै चालु आवको लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सभाको एजेण्डा रहेको छ । त्यस्तै, संस्थापक शेयरधनी समुहबाट प्रतिनिधित्व गर्ने २ जना र सर्वसाधारण शेयरधनीसमुहबाट २ जना गरी कुल ४ जना संचालक निर्वाचित गर्ने सभाको प्रस्ताव रहेको छ ।
कम्पनीले साधारण सभा प्रयोजनार्थ शेयर दाखिला खारेज (बुकक्लोज) जेठ १७ गतेदेखि जेठ ३० गतेसम्मको मिति तय गरेको छ । यसअनुसार जेठ १६ गतेसम्म कायम शेयरधनीरु मात्र उक्त सभामा उपस्थित हुन र सो शेयरधनीरुले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।