जीततर्फ अघि बढ्दै भरतपुरमा रेणु दाहाल

७ जेष्ठ २०७९, शनिबार ०६:५९

काठमाडौं । चितवनस्थित भरतपुर महानगरपालिकाको मत गणना जारी छ । पछिल्लो विवरण अनुसार भरतपुर महानगरको मेयरमा रेणु दाहालको जीत लगभग निश्चित जस्तै बनेको छ ।

पछिल्लो परिणाम अनुसार कुल ६९ हजार ६१२ मत गणना हुँदा नेकपा माओवादी केन्द्रकी रेनुले २७ हजार ७८ मत पाएकी छिन् भने एमालेका विजय सुवेदीले २२ हजार​ ६० तथा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९४१४ मत पाएका छन् । यस्तै उपमेयरमा चित्रसेन अधिकारीले २९ हजार​ १३२ मत तथा राप्रपाकी हिमला गुरुङले १७ हजार​ १६६ मत पाएका छन् । माओवादी केन्द्रकी उम्मेदवार दाहालले पाँच हजारभन्दा बढि भोटले अग्रता लिएपछि दाहालको जीत लगभग निश्चित बनेको हो ।

यद्यपि भरतपुरमा रेणु दाहाललाई नेपाली कांग्रेसले इमान्दारपूर्वक भोट नहालेको देखिएको छ । भरतपुर महानगरका मित्रसेन अधिकारीले रेणु दाहालले भन्दा दुई हजारबढि भोट पाएका छन् । रेणु दाहालले २७ हजार ७८ मत पाउदा उपमेयरमा कांग्रेसका मित्रसेन अधिकारीले २९ हजार १३२ भोट प्राप्त गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*