सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिट्यालिटीमा छुट पाउने
७ जेष्ठ २०७९, शनिबार ०६:३९
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिट्यालिटीमा अन्तर्गमा विभिन्न छुट पाउने भएक छन् । बैंकका ग्राहकले उक्त हस्पिट्यालिटीको विभिन्न होटल, रेष्टुरेन्ट तथा क्याफेहरुमा खाना तथा पेय पदार्थमा १० प्रतिशत तथा आवासमा २० प्रतिशतसम्म छुट पाउने भएका हुन् ।
सो सम्बन्धमा बैंकको तर्फबाट प्रमुुख संचालन अधिकृत अपूर्वप्रसाद जोशी र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिट्यालिटीका तर्फबाट उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद न्यौपानेले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंकका भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले सो मात्राको छुट पाउने भएका हुन् ।