माछापुच्छ्रे बैंक र अन्नपुर्ण केबुलकारबीच सम्झौता बैंकका ग्राहकलाई केबुलकारमा बिशेष छुट

७ जेष्ठ २०७९, शनिबार ०१:३४

काठमाडौं । माछापुच्छ्रे बैंक र अन्नपुर्ण केबुलकारबीच सम्झौता भएको छ । बैंक र केबुलबारबीच भएको सम्झौता अनुसार केबुलबार चढ्ने ग्राहकले १० प्रतिशत छुट पाउने भएका छन् । बैंकले पोखरामा आन्तरिक पर्यटनको विस्तारमा सेवा पुर्याउने उद्देश्यले अन्नपुर्ण केबुलकार प्रा।लिसँग उक्त व्यवसायिक सम्झौता गरेको हो ।

सो सम्झौतापत्रमा अन्नपुर्ण केबुलकारको तर्फबाट महा प्रबन्धक दिनेश पौडेल तथा बैंकको तर्फबाट शाखा प्रमुख आलोकमान श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकले अन्नपुर्ण केबुलकारबाट टिकेट काँटदा बिलमा १० प्रतिशतसम्म छुट पाउनेछन् । उक्त केबुलकार सुविधा पोखराको सेदीबगरदेखि सारङ्खकोटसम्म रहेको छ । बैंकका ग्राहकले उक्त छुट बैंकको डेबिटरक्रेडिट कार्ड प्रयोग गरी केबुलकारको बिल भुक्तानी गर्दा पाउन सक्नेछन् ।

अन्नपुर्ण केबुलकार पोखराको पहिलो केबुलकार सुविधा हो जसले सो क्षेत्रको पर्यटन व्यवसायमा विशेष टेवा पुर्याउर्दै आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*