राष्ट्रिय बीमा कम्पनीको आर्थिक बर्षको २०७२/७३ को वित्तिय विवरण पारित
६ जेष्ठ २०७९, शुक्रबार १८:१०
काठमाडौं । बीमा समितिले राष्ट्रिय बीमा कम्पनीको आर्थिक बर्षको २०७२/७३ को वित्तिय विवरण पारित गरेको छ। बीमा समितिको हिजो बसेको संचालक समितिको बैठकले राष्ट्रिय बीमा कम्पनीको आर्थिक बर्षको २०७२/७३ को वित्तिय विवरण पारित गरेको हो ।
समितिमा आर्थिक बर्षको ७३/७४ को वित्तिय विवरण समेत रहेको छ । केहि वित्तिय सूचकहरु अझै समावेश नभएको कारण उक्त विवरण हेर्ने क्रममा रहेको समितिले जनाएको छ। त्यस्तै, सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानको भने आर्थिक बर्ष २०७१र७२ को वित्तिय विवरण पारित भईसकेको छ। बाँकि वित्तिय विवरण समेत पारित गर्ने तयारीमा रहेको समितिल जनाएको छ ।