निर्वाचन अपडेड : देशैभर नेपाली कांग्रेस २९६ स्थानमा बिजयी, नेकपा एमाले र माओवादीले कति स्थानमा जिते ?

६ जेष्ठ २०७९, शुक्रबार १८:०४

काठमाडौं । यतिबेला सिँगो देश चुनावीमय बनेको छ । वैशाख ३० गते सम्पन्न स्थानीय तहको चुनावपश्चात् मगणना अझै पनि जारी छ ।
कुल ७५३ मत स्थानमध्ये ६६० स्थानको मत परिणाम सार्वजनिक भइसकेको छ । अन्य स्थानको मतगणना जारी छ ।

सार्वजनिक भइसकेको मतपरिणामअनुसार देशैभर मुख्य दलहरुले अग्रता लिइरहेका छन् । सो मध्ये सबैभन्दा बढी नेपाली काँग्रेसले २९६ स्थानमा बिजयी हासिल गरेको छ । काँग्रेसले अन्य दललाई पछाडी पार्दै अग्र स्थान जमाएको हो ।

लगत्तै नेकपा एमालेले १८३ स्थानमा बिजयी हासिल गर्दा नेकपा माओवादी केन्द्रले जम्मा ११३ स्थानमा मात्रै बिजयी हासिल गरेको छ । नेपाली काँंग्रेसले नेकपा एमालेको भन्दा ११३ बढी स्थान र नेकपा माओवादीको भन्दा १८३ बढी स्थानमा जित हासिल गरेको छ ।

अझै पनि ९३ स्थानको मतगणना क्रम जारी छ । सो मध्ये हाइलाइटमा रहेको काठमाडौं महानगरपालिकामा स्वतन्त्त उम्मेदवार बालेन्द्र साहले २९ हजार ५८२ मत पाएर अग्रता लिइरहेका छन् । त्यस्तै, भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले २२ हजार ५९६ मत पाएर अग्रता जमाइरहेकी छिन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*