नेपाल इन्स्योरेन्सको कर्पोरेट भवन शिलान्यास

६ जेष्ठ २०७९, शुक्रबार १७:३०

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ कर्पोरेट भवनको शिलान्यास गरेको छ । कम्पनीले आज (जेठ ६ गते) शुक्रबार बिहानको ९ बजे शुभ साईतमा प्रधान कार्यालय रहेको काठमाडौं कमलादी स्थित स्थानमा नयाँ कर्पोरेट भवन शिलान्यास गरेको हो ।

बीमा कम्पनीहरुको नियमक निकाय बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवाल र कम्पनीका संचालक समितिका अध्यक्ष अर्जुन पौडेल शर्माले संयुक्त रुपमा उक्त भवन शिलान्यास गरेका हुन् ।

नेपालकै पहिलो बीमा कम्पनीको रुपमा कारोबार गर्दै आएको नेपाल इन्स्योरेन्स कम्पनीले ग्राहकहरुको थप सुविधाको लागि सहज वातावरण बनाउन उक्त भवन शिलान्यास गरेको कम्पनीले जनाएको छ ।

साथै आगामी दिनहरुमा सहज बीमितमैत्री शाखा कार्यालयहरु समेत संचालनमा ल्याउने कम्पनीको भनाई छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*