जनरल इन्स्योरेन्सको हकप्रद प्रस्ताव बीमा समितिमा पेश
६ जेष्ठ २०७९, शुक्रबार ११:५९
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले हकप्रद निष्काशन गर्ने प्रस्ताव बीमा समितिमा पेश गरेको छ । कम्पनीले हाल कायम रहेको चुक्ता प्रस्ताव बीमा समितिमा पेश गरेको हो ।
कम्पनीले तत्काल मर्जरमा जाने भन्दा पनि अहिलेलाई ३० प्रतिशत हकप्रद शेयर निष्काशन गरेर पूँजी थप गर्ने योजना बनाएको छ ।
बीमा समितिले हकप्रद शेयर जारी गर्न नदिएको खण्डमा भने कम्पनीले मर्जरको लागि उपयुक्त कम्पनी रोज्नुपर्ने हुन्छ ।