नेपाल पुनर्बीमा कम्पनीलाई डुबाउने अर्थमन्त्रालयको निर्णय !

आजबाट गुम्यो बार्षिक साढे तीन अर्ब आम्दानी, लगानीकर्ताले लाभांश नपाउने निश्चित
६ जेष्ठ २०७९, शुक्रबार ११:१९

काठमाडौं । अर्थमन्त्रालय नै माफियाको सेटिङ फसेपछि अन्ततः नेपाल पुनर्बीमा कम्पनी डुबाउने पक्षमा निर्णय भएको छ । अर्थमन्त्रालयको दवाव पूर्ण निर्देशनपछि बीमा समितिले बिहिबारबाट लागू हुने गरी नेपाल पुनर्बीमा कम्पनीको बार्षिक साढे तीन अर्ब रुपैयाँ गुमेको छ ।

अर्थमन्त्रालयको निर्देशनमा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले नेपाल पुनर्बीमाको आम्दानीमा कैची चलाएपछि नेपाल पुनर्बीमा कम्पनीको शेयर किनेका लगानीकर्ताहरुलाई मार पर्ने भएको छ । सूर्य सिलवाल तिनै व्यक्ति हुन् जसले हिमालयन रिलाई लाइसेन्स दिँदा विष्णु पौडेलसँग सेटिङ गरेका थिए ।

सरकारी कम्पनीमाथि कैची चलाएको अर्थमन्त्रायले हिमालयन रि नामक निजि कम्पनीलाई सो आम्दानी दिन समेत बीमा समितिले सबै कम्पनीहरुलाई हिजो निर्देशन जारी गरेको छ । अर्थमन्त्रलायको लाचार छायाँमा चलेको बीमा समितिले सरकारी कम्पनीमाथि कैची चलाउने निर्णयले सिंगो बीमा क्षेत्र स्तब्ध बन्न पुगेको छ । नेपालबाहिर समेत व्यवसाय फैलाएर आम्दानी गर्छु र कम्पनी चलाउँछु भनेर सुरुमा व्यवसायिक कार्ययोजना नै पेश गरेर लाईसेन्स लिएको हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई बार्षिक साढे तीन अर्बको व्यवसाय दिँदा बीमा समितिका उच्च नेतृत्वदेखि अर्थमन्त्रालयसम्म समेत आर्थिक लाभ लिएको छैन भनेर समेत भन्न सकिने अवस्था छैन ।

नेपाल पुनर्बीमा कम्पनीले स्थापना भएको छोटो अवधीमा नै यति राम्रो प्रगति गर्नुमा २० प्रतिशत प्रत्यक्ष बीमाले मुख्य भूमिका खेलेको थियो । तर, अर्थमन्त्रालयले नै नेपाल पुनर्बीमाले पाउँदै आएको २० प्रतिशत प्रत्यक्ष बीमाको हिस्सा काटेर १० प्रतिशत हिमालयन रिलाई दिने निर्णय गरेसँगै नेपाल पुनर्बीमाको आम्दानी आधा घट्ने छ । हाल बार्षिक करिब सात अर्ब रुपैयाँ यसरी आम्दानी गर्दै आएको नेपाल पुनर्बीमाको यस्तो आम्दानी अब साढे तीन अर्बमा सीमित हुनेछ । यस वर्ष १९ प्रतिशत अर्थात दुई अर्ब लाभांश दिएको नेपाल पुनर्बीमा कम्पनीले व्यापारको आधा हिस्सा अर्थात साढे तीन अर्बको आम्दनी गुमाएसँगै आगामी दिनमा लाभांश नै दिन नसक्ने अवस्थामा नपुग्दा भनेर भन्न सकिदैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*