बालेन साहको २७ हजार पुग्दा पनि दलहरुको भोट आधा तलै, यस्तो काठमाडौंको पछिल्लो अपडेट

६ जेष्ठ २०७९, शुक्रबार ०७:४३

काठमाडौं । काठमाडौं महानगरपालिकाको मत गणना जारी छ । आज विहानसम्मको पछिल्लो विवरण अनुसार स्वतन्त्र उम्मेदवार बालेन साहले २६९२८ मत प्राप्त गरेका छन् । बालेन साहले पाएको उल्लेखित मत भन्दा नेकपा एमालेका उम्मेदवार केशव स्थापितको १४१६५ मा मात्रै सीमित हुन पुगेको छ । त्यस्तै नेपाली कांग्रेसकी नेतृ सिर्जना १३५६२ मत सहित तेस्रो स्थानमा रहेकी छिन् ।

मत गणनाको क्रममा एमालेका केशव स्थापितको वडा नं २८ मा खासै मत प्राप्त नभएकोले काठमाडौं महानगरमा मेयर बन्ने केशव स्थापितको सपना लगभग नहुने निश्चित जस्तै बन्न पुगेको चर्चा चल्न थालेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*