नेपाल रिको अर्बौको बजारहिस्सा अर्थमन्त्रीको दवावमा खोसिएपछि शेयर बजारमा आज के होला ?

५ जेष्ठ २०७९, बिहीबार ११:०८

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले व्यक्तिगत लाभको लागि सरकारी लगानीको नेपाल पुनर्बीमा कम्पनीको बजार व्यवसायको आधा खोसेर हिमालयन रिलाई दिने निर्णय भएसँगै आज स्टक मार्केटमा नेपाल रीको कारोबार कस्तो होला ? आम चासोको विषय बनेको छ ।
सरकारले आरक्षण गरेको २० प्रतिशत बीमा व्यवसायबाट बार्षिक छ अर्बभन्दा बढि कारोबार गर्दै आएको नेपाल रीको सम्पूर्ण व्यवसायलाई आधा आधा हुने गरी बाँडफाँड गर्न बीमा समितिबाट निर्णय भइसकेको छ ।

यस्तो निर्णयको लागि अर्थमन्त्रीबाट दवावपूर्ण निर्देशन आएको बीमा समिति स्रोतले जनाएको छ । बीमा समितिमा सरकारी कम्पनीलाई डुबाउने अर्थमन्त्रालयको निर्देशन कार्यान्वयन नगर्न भरमग्दुर प्रयत्नहरु भएपनि अन्ततः असफल भएपछि आज यस्तो निर्णय आएको कुरा बाहिर आएसँगै बजारमा नेपाल पुनर्बीमा कम्पनीको शेयर मूलय प्रभावित हुने अनुमान गरिएको छ ।

नेपाल स्टकमा हिजो नेपाल पुनर्बीमाको ९३१ रुपैयाँमा शेयर कारोबार भएको थियो । कुनै समय २५०० माथि पुगेको नेपाल रिको शेयर प्रभावित भएमा अर्थमन्त्री शर्माले आम लगानीकर्ताबाट थप गालीगलौज खानुपर्ने जोखिम बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*