शिखर इन्स्योरेन्स कम्पनीको अवितरित हकप्रद शेयर आज खोलिदै

५ जेष्ठ २०७९, बिहीबार ०९:४५

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको अवितरित हकप्रद शेयर आज खोलिदै छ । कम्पनीको अवितरित हकप्रद शेयर प्राप्त शिलबन्दी बोलपत्र आज बिहान १० बजे एनआईबिएल एस क्यापिटल लिमिटेड काठमाडौं खोलिदै छ । कम्पनीले सर्वसाधारण तर्फको ७७ हजार ७२०।८८ कित्ता शेयर बिक्रीमा लिलामीमा ल्याएको थियो ।

कम्पनीले चैत १ गतेदेखि चैत्र २१ गतेसम्म १० कित्ता शेयर बराबर नयाँ ३ कित्ता शेयर अनुपातमा हकप्रद शेयर निष्काशन गरेको थियो । इन्स्योरेन्स कमपनीले १ सय रुपैयाँ अंकित दरका ५२ करोड ७५ लाख ५७२ रुपैयाँ बराबरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो ।

अवितरित हकप्रद शेयरको मूल्य १ सय रुपैयाँ तोकिएको हुँदा सो वा सो मूल्यभन्दा बढी मूल्य अंकित गरी बोलकबोल पेशका लागि आव्हान गरेको थियो । इन्स्योरेन्स कम्पनीको शेयरमा न्यूनतम १ सय कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन माग गरेको हो ।

कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*