नेपाल पुनर्बीमाको २० प्रतिशत आरक्षण बीमा खोस्ने बीमा समितिको निर्णय

५ जेष्ठ २०७९, बिहीबार ०९:१६

काठमाडौं । बीमा समितिले नेपाल पुनर्बीमा कम्पनीले पाउँदै आएको २० प्रतिशत आरक्षण बीमा खोस्ने निर्णय गरेको छ । बीमा समितिले नेपाल पुनर्बीमाले पाउँदै आएको २० प्रतिशत पुनर्बीमा आरक्षण खोसेर निजि कम्पनी हिमालयन रिलाई दिने निर्णय गरेको हो ।

अर्थमन्त्री जनार्दन शर्माको ठाडो आदेशमा बीमा समितिले यस्तो निर्णय गरेको हो । उज्यालोका नायक भनेर चिनिएका अर्थमन्त्री शर्मा कसरी हिमालयन रिसँग के कति लाभ लिएर यस्तो निर्देशन दिएका हुन खुल्न बाँकी छ । साथै उनी आफै संलग्न भएर डिल गरेका हुन् वा उनका आफन्त तथा नातेदारमार्फत डिल भएको हो भन्ने खुल्न बाँकी छ ।

स्रोतका अनुसार बीमा समितिले अहिले नेपाल पुनर्बीमा कम्पनीले पाउँदै आएको २० प्रतिशत अनिवार्य पुनर्बीमा नेपाल पुनर्बीमाबाट खोसेर निजि कम्पनी हिमालयन रिलाई समेत बराबरी बाड्ने निर्णय गरेको हो । साथै बीमा समितिले प्रत्येक वर्ष दुई प्रतिशतका दरले घटाएर १० वर्षमा आरक्षण पुनर्बीमालाई शून्यमा झार्ने समेत निर्णय गरेको छ ।

बीमा समितिले सो सम्बन्धमा थप विवरण बाहिर सार्वजनिक गरेको छैन । हिमालयन रि नामक निजि कम्पनीसँगको घुस सेटिङ बीमा समितिले यस्तो निर्णय गरेको हो । अर्थमन्त्री जनार्दन शर्माको नाममा समेत करोडौं रुपैयाँ हिमालयन रिबाट लिने गरी घुस सेटिङ भएको भन्दै आज प्रकाशित आर्थिक दैनिकमा उल्लेख छ । २०५२ साल फागुन १ गतेदेखि १० वर्षसम्म चलेको जनयुद्धका कमाण्डर जनार्दन शर्मा कसरी घुस सेटिङ काण्डमा मुछिन पुगे यो आश्चर्यको विषय बनेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*