रेनु दाहालको जम्प, विजय सुवदीलाई पछि पार्दै लिइन् १७१२ मतको अग्रता

४ जेष्ठ २०७९, बुधबार १४:०४

काठमाडौं । स्थानीय तहको निर्वाचन पछि मतगणना हुने क्रम जारी छ । केही स्थानको मतगणना सम्पन्न भइसकेका छन् भने केही स्थानको मतगणना हुने क्रम जारी छ ।

मतगणनाको क्रममा सबैभन्दा बढी चर्चा काठमाडौं महानगरपालिका र भरतपुर महानगरपालिकाको छ । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार लौरो चिन्ह लिएर उम्मेदवार लिएका बालेन्द्र साह र नेकपा एमालेका उम्मेदवार केशव स्थापितको बढी चर्चा रहेको छ । त्यस्तै भरतपुर महानगरपालिकामा नेकपा माओवादी गठबन्धन तर्फकी उम्मेदावर रेनु दाहाल र नेकपा एमालेका बिजय सुवेदीको बढी चर्चा रहेको छ ।

पछिल्लो अपडेटअनुसार रेनु दाहालले विजय सुवेदीलाई ठूलो मतले पछि पारेकी छिन् । अघिल्लो दिनसम्म दुईबीच चर्को प्रतिस्पर्धा रहेकोमा आजको तथ्याङ्कअनुसार रेनु दाहालले ठूलो मतान्तर प्राप्त गरेकी छिन् ।

पछिल्लो विवरणअनुसार दाहालले ९ हजार ९७० मत प्राप्त गरेकी छिन् भने विजय सुवेदीले ८ हजार २५८ मत प्राप्त गरेका छन् । हिजोसम्म दुई बीच झिनो मतको मतान्तर रहेकोमा आज एकैचोटी रेनु दाहाले ठूलो मतान्तर अग्रता लिएकी छिन् । विजय सुवेदी भन्दा रेनु दाहालले १ हजार ७१२ मत अग्रता लिएकी छिन् ।

यता उपमेयर तर्फ नेपाली काँग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले अग्र स्थान लिएको छ । उनले ११ हजार ७४० मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार हिमला गुरुङ्गले जम्मा ६ हजार ६६८ मत प्राप्त गरेकी छिन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*