दिनैभरि इसेवामा क्यासब्याक अफर, कतिबेला कुनमा छुट पाइने ? सूचिसहित

४ जेष्ठ २०७९, बुधबार ०७:१८

काठमाडौं । आफ्ना प्रयोगकर्ताहरु ५० लाख नाघेको अवसरमा इसेवाले आज विशेष दिनको रुपमा दिनैभरि छुट अफर सञ्चालन गरेको छ । इसेवाले आज विहानैदेखि सुरु गरेको छुट साँझसम्म जारी रहनेछ । इसेवाले प्रत्येक क्षेत्रलाई एक एक घण्टाको क्यास ब्याक अफर सञ्चालन गरेको छ । अधिकतम् २०० रुपैयाँको सीमाभित्र रहेर पाँच प्रतिशत क्यास ब्याक स्कीम सञ्चालन गरेको हो ।

आज दिनभरि इसेवाबाट कारोबार गर्दा निम्न समयमा निम्न क्षेत्रमा इसेवामार्फत शुल्क भुक्तानी गर्दा अधिकतम् २०० रुपैयाँ र न्यूनतम पाँच प्रतिशत क्यासब्याक पाइने कम्पनीले जनाएको छ ।

केवलकारको टिकट ७ः०० बजेदेखि ८ः०० बजेसम्म
टपअफ ८ः०० देखि ९ः०० बजेसम्म
डाटा प्याक ९ः०० बजेदेखि १०ः०० बजेसम्म
इन्टरनेट शुल्क १०ः०० बजेदेखि ११ः०० बजेसम्म
इलर्निङ ११ः०० बजदेखि १२ः०० बजेसम्म
हवाई टिकट १२ः०० बजेदेखि १३ः०० बजेसम्म
इकमर्श १३ः०० बजेदेखि १४ः०० बजेसम्म
इन्स्योरेन्स १४ः०० बजदेखि १५ः०० बजेसम्म
विद्युत शुल्क १५ः०० बजेदेखि १६ः०० बजेसम्म
टिभीको शुल्क भुक्तानी १६ः०० बजदेखि १७ः०० बजेसम्म

विशेष अफर
मोबाईल टपअप १७ः५५ देखि १७ः५६ सम्म एक मिनेट मात्र ५५ रुपैयाँ क्यास ब्याक पाइनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*