आज दिउँसो २ः०० बजेदेखि ३ः०० बजेसम्म इसेवाबाट बीमा शुल्क भुक्तानी गर्दा ५ प्रतिशत क्यासब्याक पाइने

४ जेष्ठ २०७९, बुधबार ०७:०५

काठमाडौं । इसेवाले आज विशेष ५एम नामक विशेष क्यासब्याक अफर सार्वजनिक गरेको छ । जस अन्तर्गत बीमा शुल्कको भुक्तानीमा समेत पाँच प्रतिशत फिर्ता पाइने भएको छ ।

इसेवाले आफ्ना प्रयोगकर्ता पाँच मिलियन नाघेको अवसरमा क्यास ब्याक अफर ल्याएको छ । आज बीमित तथा बीमा अभिकर्ताहरुले आज अपरान्ह २ः०० बजेदेखि ३ः०० बजेसम्म इसेवामार्फत बीमा शुल्क भुक्तानी गर्दा उक्त विशेष छुट पाइने भएको हो । इसेवाका अनुसार अधिकतम् २०० रुपैयाँ तत्कालै क्यास ब्याक पाइनेछ । जीवन बीमा शुल्क भुक्तानीको लागि आज एक घण्टा यस्तो अफर सञ्चालन गरिएको हो ।

स्थापना भएको १३ वर्षमा इसेवाको मोबाईल एप्स् एण्ड्रोइड मोबाईलमा ५२ लाख र आइओस् मोबाईलमा करिब १० लाख गरि ६० लाख बढि ग्राहकलाई एप्स् मार्फत सेवा प्रदान गरिरहेको छ । इ-सेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत धेरै किसिमका सहजता ल्याएको छ ।

५० लाख बढि ग्राहक संख्या पुगेको अवसरमा इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने “बढ्दो मोबाईल प्रयोगकर्ताको संख्या र इन्टरनेटको पहुँचका कारणले एप्स्हरुमा आकर्षण बढ्दो छ । ग्राहकको आवश्यकता र मागलाई मध्यनजर गर्दै इसेवाले आफ्ना सेवाहरु मोबाईल एप्स्मा अझै परिस्कृत रुपमा प्रस्तुत गर्दै आगामी दिनमा थप सेवा र सुविधा प्रदान गर्न प्रतिबद्ध छौँ” ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*