काठमाडौंको मेयरमा बालेन साहको दोब्बर भोटसहितको अग्रता कायमै, १५ हजार नाघ्यो

४ जेष्ठ २०७९, बुधबार ०६:१७

काठमाडौं । देशको सबैभन्दा ठूलो जनसंख्या भएको काठमाडौं महानगरपालिकाको निर्वाचनको मत गणना जारी छ । यस पटक सर्वाधिक चासो रहेको स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले १५ हजार कटाएका छन् । आज विहान ५ः५० बजेसम्मको परिणाम अनुसार साहले १५४०२ मत प्राप्त गरेका छन् ।

२०५४ सालमै काठमाडौं महानगरको मेयर भइस्केका पूर्व प्रदेश मन्त्री समेत रहेका केशव स्थापित साह भन्दा झण्डै आधा अर्थात ८२८८ मतमा सीमित भएका छन् । उता, नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ७२९० मत ल्याएकी छिन् ।

त्यस्तै उपमेयरकी उम्मेदवार १२१५७ मत सहित सबैभन्दा अगाडि रहेकी छिन् । डंगोलको प्रतिद्धन्दी एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ३६१४ मत पाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*