बालेनको भोट १३ हजार नाघ्यो, प्याट्रन उस्तै, स्थापित र सिर्जनाको आधा मात्रै

३ जेष्ठ २०७९, मंगलवार २२:५०

काठमाडौं । देशको राजधानी काठमाडौं महानगरबाट स्वतन्त्र रुपमा उम्मेदवारी दिएका बालेन साहको भोट १३ हजार नाघेको छ । यो समाचार तयार गर्दा (मंगलबार १०ः४५) बजे सम्म काठमाडौंको मेयरमा साहले १३ हजार ४८७ मत प्राप्त गरेका छन् । कूल एक लाख ९१ हजार १२६ मत खसेको काठमाडौं महानगरमा केही हजार त बदर नै भएको अनुमान गरिएको छ । जित्न अझै धेरै भोट आवश्यक भएपनि भोट गणनामा बालेनले पाएको मतको प्याट्रन अझै उस्तै रहेकोले अहिले नै यही हुन्छ भनेर भन्न नसकिने अवस्था सिर्जना भएको छ ।

प्राप्त विवरण अनुसार एमालेबाट मेयरका उम्मेदवार केशव स्थापितले सात हजार ३१२ मत पाएका छन् । त्यस्तै कांग्रेसकी सिर्जना सिंहले छ हजार ३९९ मत प्राप्त गरेकी छिन् । रोचक कुरा के छ भने मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन साहले अन्य उम्मेदवार भन्दा दोब्बर मतका साथ अगाडि रहेका छन् । अन्य उम्मेदवारभन्दा करिब दोब्बर हुने उनको प्याट्रन अझै उस्तै रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*