जीवन बीमा कम्पनीहरुको खुद बीमाशुल्क आर्जन १ खर्ब माथि, कुन कम्पनीको कति?

३ जेष्ठ २०७९, मंगलवार १६:२४

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरिसकेका छन् । जीवन बीमा कम्पनीहरुले यस त्रैमासको अवधिसम्ममा खुद बीमाशुल्क आर्जन वापत १ खर्ब १ अर्ब आर्जन गर्न सफल भएका छन् ।

गत आर्थिक बर्षको सोहि अवधिमा जीवन बीमा कम्पनीहरुले ९२ अर्ब २६ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । गत आर्थिक बर्षको तुलनामा कम्पनीहरुको खुद बीमाशुल्क आर्जन ९।७१ प्रतिशतले बढेको कम्पनीहरुले प्रकाशन गरेको तथ्यांकले देखाएको छ ।

चालु आर्थिक बर्षको त्रैमासको आधारमा

चालु आर्थिक बर्षको तेस्रो त्रैमासको आधारमा नेपाल लाइफ नै खुद बीमाशुल्क आर्जनमा अगाडि रहेको छ। कम्पनीले यस त्रैमासको अवधिसम्ममा २५ अर्ब रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ । दोस्रोमा एलआईसी (नेपाल) रहेको छ । कम्पनीले यस त्रैमासको अवधिसम्ममा १३ अर्ब ६२ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

तेस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस त्रैमासको अवधिसम्ममा १० अर्ब १७ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थान ७ अर्ब २७ करोड रुपैयाँ, यूनियन लाइफले ५ अर्ब ९९ करोड रुपैयाँ, एशियन लाइफले ५ अर्ब ११ करोड रुपैयाँ, मेट लाइफले ३ अर्ब ८३ करोड रुपैयाँ, सिटिजन लाइफले ३ अर्ब ५९ करोड रुपैयाँ, सूर्या लाइफले ३ अर्ब ५८ करोड रुपैयाँ, प्राइम लाइफ ३ अर्ब ४९ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफको २ अर्ब ८३ करोड रुपैयाँ र ज्योति लाइफको २ अर्ब ४९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

त्यस्तै, आइएमई लाइफले २ अर्ब ३७ करोड रुपैयाँ, गुराँस लाइफले २ अर्ब ३५ करोड रुपैयाँ, रिलायन्स लाइफले २ अर्ब १३ करोड रुपैयाँ, सन नेपाल लाइफले २ अर्ब १ करोड रुपैयाँ, सानिमा लाइफले १ अर्ब ७४ करोड रुपैयाँ, प्रभु लाइफले १ अर्ब ४५ करोड रुपैयाँ र महालक्ष्मी लाइफले १ अर्ब ११ करोड रुपैयाँ खुद बीमाशुल्क अर्जन गर्न सफल भएका छन् ।

दुई कम्पनीको खुद बीमाशुल्क आर्जन घट्यो

जीवन बीमा कम्पनीहरुले प्रकाशन गरेको वित्तिय विवरण अनुसार यस त्रैमासको अवधिसम्ममा मेट लाइफ र नेपाल लाइफको खुद बीमाशुल्क आर्जन घटेको छ।
नेपाल लाइफको खुद बीमाशुल्क आर्जन २२ प्रतिशतले घटेको छ भने मेट लाइफको बीमाशुल्क आर्जन १ दशमलव ३१ अंकले घटेको छ ।

वृद्धिदरको आधारमा

यस त्रैमासमा अधिकांश नयाँ कम्पनीहरुको खुद बीमाशुल्क आर्जन वृद्धिदरमा सुधार देखिएको छ। नयाँ कम्पनी बाहेक नेशनल लाइफको खुद बीमाशुल्क आर्जन १७ प्रतिशत, मर्जरमा जान तयार रहेको कम्पनी प्राइम लाइफको वृद्धिदर १३ प्रतिशत र एशियन लाइफको ११ प्रतिशतले खुद बीमाशुल्क आर्जन बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*