बालेन साहको मत साढे ११ हजार, स्थापित र सिर्जना अझै तलै

३ जेष्ठ २०७९, मंगलवार १४:३९

काठमाडौं । लौरो चिन्ह लिएर काठमाडौं महानगरपालिकाको स्वतन्त्र उम्मेदवारमा उठेका बालेन साहको यतिबेला निकै चर्चा भइरहेको छ । स्थानीय तहको निर्वाचन सकिएपश्चात् भएको मतगणनामा उनले निरन्तर अग्रता लिइरहेका छन् ।

पछिल्लो अपडेटअनुसार साहले ५ हजार १७६ मतान्तर अघि बढाएका छन् । यतिबेला काठमाडौं शहर बालेनमय बनेको छ । नेकपा एमाले तर्फबाट उम्मेदवारमा उठेका केशव स्थापित र स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको निकै चर्चा चलिरहेको छ ।

यसअघिका सबै वडामा बालेनले अग्रता लिइसकेका छन् । उनले स्थापितको भन्दा ५१७६ मत अग्रता लिएका हुन् । पछिल्लो विवरणअनुसार बालेन साहले ११ हजार ४३४ मत पाउँदा केशव स्थापितले ६ हजार २५८ मत पाएका छन् । स्थापितको मत साहको भन्दा करिब आधा नै कम रहेको छ ।

त्यस्तै यता नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठले स्थापितलाई पछ्याइरहेकी छिन् । उनले ५ हजार ४०८ मत प्राप्त गरेकी छिन् ।
साथै उपमेयरमा नेकपा एमाले उम्मेदवार सुनिता डंगोलले उच्च मत प्राप्त गरेकी छिन् । उनले हालसम्म ९ हजार ४११ मत पाएर अग्र स्थानमा रहेकी छिन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*