रेनु दाहाल र विजय सुवेदीबीच चर्को प्रतिस्पर्धा, कसको कति मत खस्यो ?

३ जेष्ठ २०७९, मंगलवार १३:२७

काठमाडौं । स्थानिय तहको निर्वाचन सकिएसँगै सबैभन्दा बढी काठमाडौं महानगरपालिका र भरतपुर महानगरपालिकाको मतगणना चर्चाको विषय बनेको छ ।

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार लौरो चिन्हबाट उठेका बालेन साह र नेकपा एमाले तर्फबाट उम्मेदवार केशव स्थापितको बढी चर्चा छ भने यस्तैमा भरतपुर महानगरपालिकामा प्रमुख पदमा सत्तारुढ गठबन्धनकी उम्मेदवार रेणु दाहाल र नेकपा एमाले उम्मेदवार विजय सुवेदीको चर्चा छ ।

भरतपुर महानगरपालिकामा मतगणनाको क्रममा रेनु दाहाल र विजय सुवेदीबीच चर्को प्रतिस्पर्धा भइरहेको छ । हिजोमात्रै सुवेदीले दाहाललाई पछि पारेका थिए भने आज रेणु दाहालले सुवेदीलाई झिनो अंकले पछि पारेकी छिन् । उनले पछिल्लो मतगणनाको तथ्याङ्कअनुसार १०९ मतको अग्रता लिएकी छिन् ।

उनले पछिल्लो वडाको मत काउन्ट गर्दा अग्रता कायम गरेकी हुन् । उनले ६२४९ मत पाएकी छिन् भने विजय सुवेदीले ६१४० मत पाएर पछ्याइरहेको छ । यस्तैमा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले पनि ३००६ मत पाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*