मर्जर जाने निर्णय गरेका युनियन, गुराँस र प्राईम लाइफले बीमा समितिमा बुझाए संयुक्त पत्र

३ जेष्ठ २०७९, मंगलवार ११:१८

काठमाडौं । गत साता मर्जरमा जाने सम्झौता पत्रमा हस्ताक्षर गरेका तीन वटा जीवन बीमा कम्पनीहरु युनियन लाइफ, गुराँस लाइफ र प्राईम लाइफ  इन्स्योरेन्स कम्पनीले आज बीमा समितिमा पुगेर संयुक्त पत्र पेश गरेका छन् ।

आज विहान बीमा समितिमा पुगेका तीन वटै कम्पनीका सिईओ तथा प्रतिनिधिले बीमा समितिमा सुंक्त पत्र बुझाएका हुन् । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल, कार्यकारी निर्देशक राजुरमण पौडेल समक्ष उनीहरुले संयुक्त पत्र बुझाउँदै मर्जरमा जान लागेको जानकारी गराएका छन् ।

यसअघि, बैशाख २३ मा समितिले “बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६” को दफा ६ बमोजिम हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सलाई एक आपसमा गाभ्न र गाभिन सैद्धान्तिक सहमति प्रदान गरेको थियो ।

साथै सोही निर्देशिकाको दफा ७ बमोजिम मूल्याङ्कनकर्ता नियुक्त गरी समितिमा विवरण पेश गर्न समेत निर्देशन दिइएको छ ।ती कम्पनीहरुले आफूहरुबीच आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्ने सहमति भएको जानकारी दिँदै त्यसका लागि संयुक्तरुपमा निवेदन दिई सहमति माग गरेकाले समितिले त्यस सम्बन्धमा आज सैद्धान्तिक सहमति प्रदान गरेको हो ।

ती दुई कम्पनीले आफूहरुबीच एक आपसमा गाभ्ने र गाभिने सम्बन्धमा सहमति गरी त्यसका लागि सहमति पाउन संयुक्तरुपमा समितिमा निवेदन दिएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*