मिथिला लघुवित्तको सिइओमा सत्य देव राउतको निरन्तरता

३ जेष्ठ २०७९, मंगलवार ११:०५

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा सत्य देव राउतलाई नियुक्त गरिएको छ । कम्पनीको सिइओमा पनि यसअघि राउत नै रहेकोमा उनलाई दोस्रो कार्यकालको लागि नियुक्त गरेको हो ।

राउतको कार्यकाल जेठ ५ गते सकिने भएको हुँदा कम्पनीको जेठ २ गते बसेको संचालक समितिको बैठकले उनलाई जेठ ६ गतेदेखि लागू हुनेगरी आगामी थप ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुुक्त गरेको हो ।

सो अनुसार राउतले जेठ ६ गतेदेखि नै आफ्नो दोस्रो कार्यकाल सम्हाल्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*