यसरी झर्यो बालेन साहलाई काठमाडौंमा भोट, कुन वडामा कसको कति ?

३ जेष्ठ २०७९, मंगलवार ०७:५३

काठमाडौं । लौरी चिन्ह लिएर स्वतन्त्र रुपमा उम्मेदवारी दिएका बालेन साहको चर्चा देशभरि मात्रै नभई विश्वभरका नेपालीहरुका माँझ भइरहेको छ । काठमाडौंमा उनले जित्छन् वा जित्दैनन् अहिले राष्ट्रिय राजनीतिको आम चासोको विषय बनेको छ ।

कूल ३२ वटा वडा रहेको काठमाडौं महानगरपालिकामा जम्मा एक लाख ९१ हजार १८६ मत खसेको छ । हालसम्म १, २, ३, ४, ५, ६, ३१ र ३२ मा मत गणना भएको छ । सो मध्ये वडा नं १ र २ को मत गणना सकिएको छ भने अन्यत्रको बाँकी छ ।

मंगलबार बिहानसम्मको मतपरिणाम अनुसार बालेन साहको लौरो चिन्हले ९६१४ मत पाएको छ । साहले हरेक वडाबाट राम्रो मत पाइरहेका छन् । दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले ५१५७ मत पाएका छन् । त्यस्तै तेस्रो स्थानमा रहेकी सिर्जना सिंहले ४४८३ मत पाएकी छिन् ।

काठमाडौं महानगरमा कुन वडामा कसको मत कति ?
बालेन साह
वडा नं १ मा ७८३ मत
वडा नं २ मा १२२० मत
वडा नं ३ मा १५६६ मत
वडा नं ४ मा १८२६ मत
वडा नं ५ मा ८२२ मत
वडा नं ६ मा ३६९ मत
वडा नं ३१ मा ९५१ मत
वडा नं ३२ मा २०७७ मत

 

केशव स्थापित नेकपा एमाले
वडा नं १ मा ३६५ मत
वडा नं २ मा ७२८ मत
वडा नं ३ मा ८२७ मत
वडा नं ४ मा ९४० मत
वडा नं ५ मा ५५८ मत
वडा नं ६ मा २२५ मत
वडा नं ३१ मा ५५० मत
वडा नं ३२ मा ९४६ मत

 

 

सिर्जना सिंह नेपाली कांग्रेस
वडा नं १ मा ४५१ मत
वडा नं २ मा ४९७ मत
वडा नं ३ मा ७७९ मत
वडा नं ४ मा ७६३ मत
वडा नं ५ मा ३९० मत
वडा नं ६ मा २८० मत
वडा नं ३१ मा ५३१ मत
वडा नं ३२ मा ७८६ मत

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*