कनेक्ट आईपिएसबाट बीमा शुल्क भुक्तानी गर्दा ५०० क्यास ब्याक पाईने, कहिलेसम्म पाईन्छ सुविधा ?

२ जेष्ठ २०७९, सोमबार १२:३१

काठमाडौं ।विद्युतीय रकम भुक्तानी गर्ने प्लेटफर्म कनेक्ट आईपिएसले नेपालमा १७ वटा जीवन बीमा कम्पनीमा बीमा शुल्क भुक्तानी गर्दा साप्ताहिक रुपमा ५ सय रुपैयाँ क्यास ब्याक वितरण गर्ने नयाँ स्कीम सुरु गरेको छ ।

यो स्किम सुरु भएसँगै अब बीमितले कनेक्ट आईपिएसमार्फत बीमाशुल्क भुक्तानी गर्दा ५ सय रुपैयाँ क्यास ब्याक पाउने भएका छन् ।कनेक्ट आईपिएसले बीमा भुक्तानीमा पहिलो १०० जना लाई ५ सय रुपैयाा क्यास ब्याक दिने स्किम ल्याएको हो ।

कम्पनीले लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी गरी बनौ सुरक्षित कनेक्ट आइपीएसमा हरेक हप्ता १ सय जनालाई ५ सय रुपैयाँ ६ निश्चित बन्ने नारासहित यो योजना ल्याएको छ। यो योजना जेठ १ गतेदेखि लागु भई असारको ३२ सम्म संचालन हुने कम्पनीले जनाएको छ ।

साथै कम्पनीले जेठ १ गतदेखि लागु हुने गरि प्रत्येक हप्ताको अन्त्यमा (आईतबारदेखि शनिबार) कनेक्ट आइपीएस (मोबाइल एप, वेब एप्लिकेसन वा भुक्तानी गेटवे सम्बन्धित जीवन बीमा कम्पनीको वेबसाइटमा उपलब्ध) प्रयोग गरी भुक्तानी गरेका प्रयोगकर्ताहरूमध्ये साप्ताहिक विजेताहरूको घोषणा गरिने कम्पनीले जनाएको छ ।

कनेक्टआईपीएस प्रयोग गरी जीवन बीमाको प्रिमियम कसरी तिर्ने?

कनेक्ट आइपीएसबाटआफ्नो प्रयोगकर्ता नाम र पासवर्ड प्रयोग गरेर https://www.connectips.com//  मा लग इन गनुपर्ने हुन्छ ,
ड्यासबोर्डबाट वित्तीय संस्थाहरूमा क्लिक गर्नुहोस्, बीमा भुक्तानीमा क्लिक गर्नुहोस्, र त्यसपछि तपाईंको जीवन बीमा कम्पनीमा क्लिक गनुपर्ने हुन्छ,

कनेक्ट आइपीएसमा बीमितलाई सोधिए अनुसार आफूले सेट गरिएको ट्रान्जेक्सन पासवर्ड वा आफ्नो मोबाइल तथा इमेलमा प्राप्त ओटिपी प्रयोग गरि सबै विवरणहरु राम्रोसँग हेरि बीमितले अन्तममा रहेको वटन क्लिक गनुपर्ने हुन्छ ।

बीमितले उक्त सबै विवरण र सहित पासर्वड र ओटिपीेका प्रयोग गरिसकेका पश्चात् बीमाशुल्क भुक्तानी सफल भएको जानकारी आउछ । अन्य अनलाई भुक्तानी सेवा जस्तै कनेक्ट आइपिएसको सेवा मोबाइल एपबाट पनि चलाउन सकिनेछ ।

कुन कम्पनीमा बीमालेख भएका बीमितले यो सुविधा पाउनन् त ?
हाल कनेक्ट आइपीएसमा १७ वटा जीवन बीमा कम्पनीहरु आवद्ध छन् । उक्त १७ कम्पनीमा आवद्ध बीमितले कनेक्ट आइपीएस मार्फत यो सविधा पाउनेछन् ।

नेपाल लाइफ, मेट लाइफ , महालक्ष्मी लाइफ, रिलायबल नेपाल लाइफ, एशियन लाइफ, नेशनल लाइफ, रिलायन्स लाइफ, सिटिजन लाइफ, सानिमा लाइफ, आइएमई लाइफ, प्रभु लाइफ, प्रभु लाइफ, सूर्या लाइफ, ज्योति लाइफ, प्राइम लाइफ , यूनियन लाइफ र सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थनका बीमितहरुले यो सुविधामा सहभागि हुन पाउनेछन् ।साथै कनेक्ट आईपिएसमा जोडिन बाँकी रहेका कम्पनीहरुसँग आबद्धताको लागि छलफल भइरहेको कम्पनीले जनाएको छ

बीमितले कम्पनीको यस वेवसाईटबाट सुविधा पाउनेछन्, 

https://connectips.com/knowmore/insuranceoffer/?fbclid=IwAR08t7brSLejsZTA6800VEwJDkRFR3KqWkSPuU-lE1BMRh41YuPE0dwTs6Y

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*