बालेन साहको भोट छ हजार नाघ्यो, स्थापितकाे ३२४३ हुँदा सिर्जना सिंह तेस्रोमा

२ जेष्ठ २०७९, सोमबार १०:०८

काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयर पदका लागि गत बैशाख ३० गते सम्पन्न भएको निर्वाचनको मत गणना जारी छ । प्रारम्भिक रुपमा प्राप्त नतिजा अनुसार स्वतन्त्र उम्मेदवार बालेन साह प्रतिस्पर्धी केशव स्थापित भन्दा करिब तीन हजार भोटका लागि अगाडि बढिरहेका छन् । पछिल्लो विवरण अनुसार बालेन साहले ६२०७ मत प्राप्त गरेका छन् । त्यस्तै केशव स्थापितले ३२४३ मत प्राप्त गर्दा तेस्रो स्थानमा रहेकी सिर्जना सिंहले २८८५ मत प्राप्त गरेकी छिन् ।

बालेनको अग्रता तेस्रो दिन पनि कायम रहँदा देशैभरि काठमाडौंमा स्वतन्त्र उम्मेदवारले बाजी मार्न लागेको चर्चा चलिरहेको छ । यद्यपि काठमाडौंका भित्री शहरहरुमा एउटै वडामा १० हजारसम्म भोट तलमाथि पर्न सक्ने भएकोले एक लाख मत गणना नसकिएसम्म अनुमान लगाउन कठिन हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*