कठामाडौंमा बालेन शाहको चमत्कार, ४४५३ मत गणना हुँदा बालेनले पाए १५७८

१ जेष्ठ २०७९, आईतवार ०६:१९

काठमाडौं । काठमाडौं महानगरपालिकाको निर्वाचनमा चमत्कारिक रुपमा स्वतन्त्र उम्मेदवार बालेन शाह अगाडि आएका छन् । आज विहानसम्मको ताजा परिणाम अनुसार लौरी चुनाव चिन्ह लिएर उठेका बालेन शाहले १५७८ मत पाएका छन् । उनलाई पछ्याउँदै एमालेका केशव स्थापित ९८५ मत पाएका छन् भने नेपाली कांग्रेसकी सिर्जना सिंहले ८२५ मत प्राप्त गरेकी छिन् ।

हाल वडा नं १, २, ३, ४ र ३२ को गणना भइरहेको छ । काठमाडौंको नक्साल क्षेत्रमामा बालेनले यति धेरै लोकप्रिय मत प्राप्त गर्दै २०५४ सालमै मेयर बनेका केशव स्थापितलाई दोब्बर मतले पछाडि पार्न सफल भएका छन् ।

मत गणनास्थलबाट एक जना दलका प्रतिनिधिले दिएको जानकारी अनुसार हालसम्म काठमाडौं महानगरपालिकामा ४४५३ मत गणना सम्पन्न भएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*