जीवन बीमा कम्पनीहरुको बीमालेख धितोमा ६२ अर्ब ९० करोड कर्जा प्रवाह, कुन कम्पनीको कति ? (तथ्यांक सहित )

१ जेष्ठ २०७९, आईतवार ०७:०३

काठमाडौं । हाल संचालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुले बीमालेख धितोमा राखी ६२ अर्ब ९० करोड करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत आर्थिक बर्षको सोहि अवधिमा जीवन बीमा कम्पनीहरुले बीमालेख धितोकमा राखी ५० अर्ब ८७ करोडल रुपैयाँ कर्जा प्रवाह गरेका थिए । कम्पनीहरुले प्रकाशित गरेको चालु आर्थिक बर्ष को तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीहरुले उक्त रकम बराबर बीमालेख धितो कर्जा प्रवाह गरेको देखिएको छ ।

गत अर्थिक बर्षको तुलनामा कम्पनीहरुको बीमालेख धितोमा कर्जा २३ दशमलव ६५ प्रतिशतले बढेको छ। यस त्रैमाससम्ममा वृद्धिदरको आधारमा सानिमा लाइफ सबैभन्दा अगाडि रहेको छ। दोस्रोमा रिलायन्स लाइफ र सूर्या लाइफ वृद्धिदरको आधारमा अगाडि रहेको छ । गत आर्थिक बर्षको तुलनामा कम्पनीहरु वृद्धिदरको आधारमा अगाडि रहेका छन् ।

त्यस्तै, महालक्ष्मी लाइफको बीमालेख धितोकर्जा ३८ दशमलव ३९ प्रतिशतले घटेको छ।

जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाईफ इन्स्योरेन्स, लाईफ इन्स्योरेन्स कर्पोरेशन र नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै कर्जा प्रवाह गरेका छन् ।नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीले चालु आर्थिक वर्षकोे चैत महिनासम्ममा २३ अर्ब २२ करोड रुपैयाँ बीमा लेख धितो कर्जा प्रवाह गरेको छ ।

त्यसैगरी लाईफ इन्स्योरेन्स कर्पोरेशनले १७ अर्ब ७ करोड रुपैयाँ र नेशनल लाईफ इन्स्योरेन्सले ७ अर्ब ५० करोड रुपैयाँ धितो कर्जा प्रवाह गरेको तथ्यांकले देखाएको छ ।

त्यसैगरी, एशियन लाइफले ३ अर्ब ६५ करोड रुपैयाँ, प्राइम लाइफले १ अर्ब ९१ करोड रुपैयाँ, सूर्या लाइफले १ अर्ब ९१ करोड रुपैयाँ, राष्ट्रिय बीमा संस्थानले १ अर्ब ७४ करोड रुपैयाँ, मेट लाइफले १ अर्ब ७ करोड रुपैयाँ, गुराँस लाइफले ९७ करोड रुपैयाँ र यूनियन लाइफले ९५ करोड ५२ लाख रुपैयाँ बीमालेख धितोकर्जा प्रवाह गरेको तथ्यांकले देखाएको छ ।

त्यस्तै, ज्योति लाइफले ७१ करोड, रिलायन्स लाइफले ४३ करोड रुपैयाँ, प्रभु लाइफले ४० करोड रुपैयाँ, आइएमई लाइफले ३३ करोड रुपैयाँ, सन नेपाल लाइफले ३१ करोड रुपैयाँ, सिटिजन लाइफले २८ करोड ७६ लाख रुपैयाँ, महालक्ष्मी लाइफले २० करोड रुपैयाँ, सानिमा लाइफले १७ करोड रुपैयाँ र रिलायबल नेपाल लाइफले १२ करोड रुपैयाँ बीमालेख धितो कर्जा प्रवाह गरेको छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*