प्राइम लाइफ इन्स्योरेन्स कम्पनी, गुँरास लाइफ र युनियन लाइफको यस्तो छ वित्तिय अवस्था

२९ बैशाख २०७९, बिहीबार १९:३०

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी, गुँरास लाइफ र युनियन लाइफले मर्जरको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । बीमा समितिले एक बर्षभित्र चुक्तापुँजी वृद्धि गनुपर्ने निर्देशन दिएसँगै बिहीबार प्राइम लाइफ, युनियन लाइफ र गुँरास लाइफ इन्स्योरेन्सबीच मर्जरको सम्झौता भएको हो।

तीन वटै बीमा कम्पनी गाभिएपछि १ः१ अनुपातमा गाभिए भने कुल चुक्तापुँजी ७ अर्ब १ करोड ३८ लाख ६६ हजार रुपैयाँ पुग्नेछ ।तीनवटै कम्पनीमध्ये प्रति सेयर नेटवर्थका आधारमा सबैभन्दा बलियो युनियन लाइफ इन्स्योरेन्स देखिन्छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीको प्रति सेयर नेटवर्थ १५०.८२ रुपैयाँ रहेको छ । त्यस्तै गुरास लाइफको प्रति सेयर नेटवर्थ १२६.३१ रुपैयाँ रहेको छ भने प्राइम लाइफको ११८.१९ पैसा रहेको छ ।

Rs(000)

मर्जर सम्झौता गरेका तीन कम्पनी मध्ये युनियन लाइफको सञ्चिति सबैभन्दा धेरै रहेको छ । चालु आर्थिक वर्षको चैतसम्ममा युनीयनको सञ्चिति एक अर्ब ९ करोड २७ लाख रुपैयाँ रहेको छ । त्यसैगरी गुँरास लाइफको ५४ करोड ८२ लाख र प्राइम लाइफको ५० करोड ५४ लाख रुपैयाँ सञ्चिति रहेको छ ।

चालु आर्थिक वर्षको चैतसम्ममा मर्जरमा गएका जीवन बीमा कम्पनी मध्ये युनियान लाइफले करिब ६ अर्ब खुद बीमा शुल्क संकलन गरेको छ । मर्जरमा रहेको दोस्रो कम्पनी प्र्राइम लाइफको झण्डै साढे ३ अर्ब रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ भने गुँरास लाइफको २ अर्ब ३५ करोड रुपैयाँ छ ।

चालु आवको चैसम्ममा प्राइम लाइफ इन्स्योरेन्सले १८ करोड ९५ लाख रुपैयाँ खुद नाफा गरेको छ भने गुँरास लाइफले १३ करोड १६ लाख रुपैयाँ नाफा गरेको छ । त्यसैगरी युनियन लाइफले सो अवधिमा करिब २ करोड ७५ लाख रुपैयाँ खुद नाफा गरेको छ ।
प्राइम लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/०७७ मा १५.८७ प्रतिशत लाभांश दिएको छ । जसमा बोनस १५ प्रतिशत र कर प्रयोजनका लागि ०.८७ प्रतिशत रहेको छ ।

गुँरास लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/०७६ मा ५.७९ प्रतिशत लाभांश दिएको थियो । जसमा बोनस ५.५ प्रतिशत र कर प्रयोजनका लागि ०.२९ प्रतिशत नगद लाभांश दिएको छ । युनियन लाइफ इन्स्योरेन्स नयाँ कम्पनी भएका कारण लाभांश दिएको छैन ।

प्राइम लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/०७७ मा १५.८७ प्रतिशत लाभांश शेयरधनीलाई दिएको छ । जसमा बोनस १५ प्रतिशत र कर प्रयोजनका लागि ०.८७ प्रतिशत रहेको छ । यस्तै गुँरास लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/०७६ मा ५.७९ प्रतिशत लाभांश दिएको थियो ।

जसमा बोनस ५.५ प्रतिशत र कर प्रयोजनका लागि ०.२९ प्रतिशत नदल लाभांश दिएको छ । युनियन लाइफ इन्स्योरेन्स नयाँ कम्पनी भएका कारण लाभांश दिएको छैन ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा आइपुग्दा प्राइम लाइफ इन्स्योरेन्सको नाफा १८ करोड ९५ लाख ४३ हजार रुपैयाँ रहेको छ ।

युनियन लाइफ इन्स्योरेन्सले चालु आर्थिक बर्षको चैत महिनामा २ करोड ७२ लाख ७४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गुँरास लाइफ इन्स्योरेन्सले चैत मसान्तसम्म १३ करोड १६ लाख ४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको प्रतिशेयर आम्दानी रु। ९।०९, प्रतिशेयर नेटवर्थ १२४।५४ र प्रतिशेयर कुल सम्पत्तीको मूल्य ७८०।८४ रहेको छ । गुराँस लाइफको प्रतिशेयर आम्दानी (बार्षिक ) रु ८।४२, प्रतिशेयर नेटवर्थ रु। १२९।७० र प्रतिशेयर कुल सम्पत्तिको मूल्य रु ७३१।४२ रहेको छ।

युनियन लाइफको प्रतिशेयर आम्दानी (बार्षिक) रु १।६९, प्रतिशेयर नेटवर्थ रु १५६।४७ र प्रतिशेयर कुल सम्पत्तिको मूल्य रु ६८० रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*