राष्ट्रिय बीमा कम्पनीको प्रतिशेयर आम्दानी १७१ रुपैयाँ, अन्य वित्तिय सूचक कस्तो ?

२९ बैशाख २०७९, बिहीबार १०:३०

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३४ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले २७ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यो गत आर्थिक वर्षको यहि अवधिको तुलानामा २६.९२ प्रतिशतले बढी हो ।यस त्रैमासको अवधिसम्मा खुद दाबी भुक्तानी ५ प्रतिशतले घटेर ३ करोड २४ लाख रुपैयाँमा सिमिति रहेको छ । गत अािर्थक बर्षको सोहि अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ३ करोड ४३ लाख रुपैयाँ रहेको थियो ।

त्यस्तै, कम्पनीले प्रकाशन गरेको वित्तिय विवरण अनुसार यस त्रैमाससम्ममा कम्पनीको व्यवस्थापन खर्च २५ प्रतिशतले घटेको छ ।कम्पनीले प्रकाशन गरेको वित्तिय विवरण अनुसार यस त्रैमासको अवधिसम्ममा कम्पनीको खुद बीमाशुल्क पनि २६.६७ प्रतिशतले बढेर २४ करोड ५३ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले १९ करोड ३७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

कम्पनीले लगानी कर्जा तथा अन्य आयबाट ४० करोड ८७ लाख रुपैयाँ आम्दानी गरेको छ ।कम्पनीको हालको चुक्ता पूँजी २६ करोड ६६ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३ अर्ब ३१ करोड ९८ लाख रुपैयाँ र बीमा कोषमा २ अर्ब ६० करोड १५ लाख रुपैयाँ सञ्चित छ ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १७१ रुपैयाँ ३६ पैसा, प्रतिशेयर नेटवर्थ १३४५ रुपैयाँ ८ पैसा र मूल्य आम्दानी अनुपात १३३.०५ गुणा रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*