सन नेपाल लाइफको खुद बीमाशुल्क आर्जन ५० प्रतिशतले बढ्यो, अन्य सूचक सकारात्मक

२९ बैशाख २०७९, बिहीबार ०८:४८

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक बर्षको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ। यस त्रैमासको अवधिसम्ममा कम्पनीको खुद बीमाशुल्क आर्जन ४० प्रतिशतले वृद्धि भएको छ । यस त्रैमासको अवधिसम्ममा कम्पनीले २ अर्ब १ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले १ अर्ब ४४ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो ।

रु (हजारमा)

यस अवधिसम्म कम्पनीको खुद नाफा ५० प्रतिशतले वृद्धि भएर १४ करोड ३६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही त्रैमाससम्म कम्पनीको खुद नाफा ९ करोड ५५ लाख रुपैयाँ थियो । कम्पनीको वित्तीय विवरण अनुसार कुल बीमाशुल्क आर्जन २ अर्ब ८ करोड कुल बीमा शुल्क आर्जन गरेको छ। गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले १ अर्ब ६२ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो।

त्यस्तै, कम्पनीको अभितकर्ता कमीशन १४ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक बर्षको तुलनामा कमपनीको कायम पोलिसीको सङख्या पनि घटेको छ ।

हाल कम्पनीको १ अर्ब ४० करोड चुक्ता पुँजी रहेको छ। कम्पनीको जगेडा कोषमा ४४ करोड ३४ लाख रकम छ भने जीवन बीमा कोषमा ३ अर्ब ३६ करोड रकम रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*