प्राईम लाइफको जीवन बीमा कोषमा १७ अर्ब, खुद नाफा १८ करोड

२९ बैशाख २०७९, बिहीबार ०७:०६

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको नौ महिनाको अवधीसम्ममा जीवन बीमा कोषमा १७ अर्ब ६३ कराड ११ लाख ३७ हजार रुपैयाँ संचिती गर्न सफल भएको छ । प्राईम लाइफले चालु आवको नौ महिनाको अपरिस्कृत वित्तिय विवरण अनुसार जीवन बीमा कोषको आकार २५.९० प्रतिशतले बृद्धि भएको छ । कम्पनीले खुद बीमा शुल्क आम्दानी १४ प्रतिशतले बृद्धि गर्दा जीवन बीमा कोषमा धेरै योगदान पुर्याउन सफल भएको हो ।

कम्पनीको जगेडा कोषमा ५० करोड ५४ लाख रुपैयाँ संचिती रहेको छ भने महाविवपत्ति कोषमा १७ करोड रुपैयाँ जम्मा गरेको छ । समग्रमा कम्पनीको कोषको आकार १८ अर्ब ३१ करोड ३३ लाख ८४ हजार रुपैयाँ संचिती भएको छ ।

त्यस्तै गत आवको तुलनामा कम्पनीको खुद नाफा १४ प्रतिशतले बृद्धि भई तीन अर्ब ४९ करोड ४६ लाख २२ हजार रुपैयाँ संकलन भएको छ । जुन गत आवको तुलनामा १४ प्रतिशतले बढि हो । कम्पनीले समीक्षा अवधीमा ९२ करोड ९६ लाख दावी भुक्तानी गरेको छ । कम्पनीको दावी भुक्तानी गत आवको तुलनामा १५.२१ प्रतिशतले बृद्धि भएको छ ।

त्यस्तै, व्यवस्थापन खर्च सामान्य बृद्धि भई ४४ करो ७५ लाख पुगेको छ । कम्पनीले अभिकर्तालाई वितरण गर्ने कमिशन सामान्य ह्रास भएको छ । गत आवमा ३४ करोड ८५ लाख रुपैयाँ कमिशन वितरण गरेकोमा चालु आवको नौ महिने अवधीमा ३२ करोड ३८ लाख ८४ हजार रुपैयाँ अभिकर्तालाई कमिशन बापत वितरण गरेको छ ।

कम्पनीको खुद नाफा १८ करोड ९५ लाख ४३ हजार रुपैयाँ छ । कम्पनीको मुनाफा खासै घटेको छैन । कम्पनीले फ्युचर बोनसका लागि गर्नुपर्ने प्रभोभिजन यसअघि नै गरिसकेकाले मुनाफामा कम असर परेको हो ।

कम्पनीको कूल कायम रहेको बीमा पोलिसी संख्या दुई लाख ३८ हजारबाट घटेर दुई लाख छ हजार ६३३ वटा सीमित हुन पुगेको छ । समग्रमा कम्पनीले उल्लेख्य प्रगति गर्न सफल भएको छ । लगानी तथा कर्जा लगानीबाट प्राप्त आम्दानी बृद्धि भएको तथा व्यवस्थापन खर्च नियन्त्रण गर्न सफल भएकोले कम्पनीले जीवन बीमा कोषमा ठूलो योगदान पुर्याउन सफल भएको देखिएको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ९.०९ रुपैयाँ, मूल्य आम्दानी अनुपात ७४.२४ गुणा, प्रतिशेयर नेटवर्थ १२४.५४ रुपैयाँ र प्रतिशेयर कूल सम्पत्तिको मूल्य ७९०.९४ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*