नेपाल लाइफ इन्स्योरेन्सद्धारा ६० लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी

२८ बैशाख २०७९, बुधबार १८:२१

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले ६० लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले फिरफिरे ७ तनहुँ घर भै हाल पोखरा महानगरपालिका वडा नं। ११ , माटेपानी निवासी कुशल व्यापारी तथा समाजसेवी ओम प्रकाश गुरुङको घरमै गएर चेक हस्तान्तरण गरेको हो ।

बीमितको असामयिक निधन भएकोमा कम्पनीले उक्त दाबी भुक्तानी रकम निजको श्रीमती लाल कुमारी गुरुङ लाइ निजको घरमै गर्इ कम्पनीका गण्डकी प्रदेश प्रमुख कृष्ण प्रसाद लम्साल तथा पोखरा शाखाका शाखा प्रमुख कुशल सिंह थापाले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन्।

उक्त अवसरमा पोखरा शाखाका बरिस्ठ एजेन्सी मेनेजर प्रवीण पोख्रेलले मृत्यु दाबी भुक्तानी कार्यलाई कम्पनीले उच्च प्राथमिकतामा राखेको बताएका थिए । कम्पनी नेपालकै अग्रणी जिवन बीमा कम्पनी मानिन्छ । नेपालको ख्यातीप्राप्त व्यवसायीक तथा व्यापारिक घरानाहरूको समूहबाट संचालीत यस कम्पनी व्यवसायको बाइस वर्ष भित्रै अत्यन्तै राम्रो व्यवसायीक कारोवारमा रेकर्ड कायम गर्न सफल भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*