मेट लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन बढ्यो, अन्य सूचांक कस्तो ?

२८ बैशाख २०७९, बुधबार १६:०९

काठमाडौं । अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी (मेट लाइफ) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। कम्पनीले यस अवधिमा ३ अर्ब ८३ करोड रूपैयाँ खुद बीमाशुल्क गर्न सफल भएको छ । गत आर्थिक बर्षको यसै अवधिमा इन्स्योरेन्सले ३ अर्ब ८८ करोड १४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो ।

चालु आर्थिक बर्षको दोस्रो त्रैमासको अवधिमा कम्पनीले १८ करोड १० लाख रूपैयाँ खुद नाफा कमाएको छ । गत आवको यसै अवधिमा कम्पनीले २५ करोड ८८ लाख रूपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीले चालु आवको पुसमसान्तसम्ममा पुनर्बीमा कमिशनबाट ९ करोड ७० लाख रूपैयाँ, लगानी, कर्जा तथा अन्य आयबाट १ अर्ब १५ करोड ३९ लाख रूपैयाँ र बीमालखे धितोमा कर्जाबाट ८ करोड ६८ लाख रूपैयाँ आम्दानी गरेको छ ।

कम्पनीले अभिकर्ता कमिशन कमीशन वापत ३८ करोड ७ लाख रूपैयाँ खर्च गरेको छ । कम्पनीकोे जीवन बीमा कोषमा २० अर्ब २४ करोड १० लाख रूपैयाँ र जगेडा कोषमा २ अर्ब ६४ करोड ८९ लाख रूपैयाँ सञ्चित रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*