युनियन लाइफ इन्स्योरेन्सद्धारा बाह्य लेखापरीक्षक नियुक्त

२८ बैशाख २०७९, बुधबार १३:५०

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बाह्य लेखापरीक्षक नियुक्त गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७।०७८ को लागि लेखापरीक्षक चयन गरेको हो ।

युनियन लाइफ इन्स्योरेन्सको वैशाख २३ गते भैरहवा, रुपन्देहीमा सम्पन्न चौथो वार्षिक साधारण सभाबाट गत आर्थिक वर्षको लागि बाह्य लेखापरीक्षणको कार्य गर्न आर राजकर्णिकार एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेण्ट्स, सितापईला, काठमाडौंलाई चयन गरेको हो ।

कम्पनीले सो आवको लागि बाह्य लेखापरीक्षकमा उक्त कम्पनीलाई लेखापरीक्षण शुल्क ४ लाख २५ हजार रुपैयाँ (कर सहित) प्रदान गर्ने गरी नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*