रिलायबल नेपाल लाइफको अभिकर्ता कमीशन २९ प्रतिशतले बढ्यो, कम्पनीको अन्य वित्तिय सूचक कस्तो ?

२८ बैशाख २०७९, बुधबार १२:५३

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले तेस्रो त्रैमासको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ । यस त्रैमाससम्म्मा आइपुग्दा कम्पनीको खुद बीमाशुल्क आर्जन २४ प्रतिशतले बढेको छ ।

कम्पनीले यस त्रैमासको अवधिसम्म्मा २ अर्ब ८३ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले २ अर्ब २७ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको थियो ।

रु (हजारमा)

यस अवधिमा कम्पनलिे अभिकर्ताहरुलाई४२ करोड ८० लाख रुपैयाँ कमिशन बुझाएका छन् । कम्पनीको अभिकर्ता कमीशन २९ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै, कम्पनीको बीमालेख धितोकर्जा समेत १३३ प्रतिशतले वृद्धि भएको छ।

यस त्रैमासको अवधिमा कम्पनीको मुनाफामा सामान्य सुधार मात्र देखिएको छ । कम्पनीको खुद नाफा यस अवधिसम्म्मा ३ प्रतिशतले वृद्धि भएर २१ करोड रुपैयाँमा सिमित भएको छ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाशिक अवधिमा कम्पनीको जगेडा कोषमा एक अर्ब रुपैया रहेको छ । गत वर्षको यहि अवधिमा ८२ करोड ३२ लाख रुपैयाँ थियो । कम्पनीको जगेडा कोष ७६ प्रतिशतले बढेको छ। तेस्रो त्रैमाशिक अवधिमा कम्पनीले ५४ करोड ३३ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ ।

चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर आम्दानी भने २० रुपैयाँ छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*