फरवार्ड माइक्रोफाइनान्सको चमत्कारिक बृद्धि, नाफा ९६% ले बढ्दा इपिएस ११२ रुपैयाँ

२८ बैशाख २०७९, बुधबार १०:२९

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको चैत मसान्ससम्म ७० करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

कम्पनीले आज प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार संस्थाको नाफा ९६.१३ प्रतिशतले बृद्धि भएको हो । गत आवको यसै अवधिसम्म संस्थाले ३६ करोड १५ लाख रुपैयाँ मात्रै नाफा आर्जन गरेको थियो ।

यस अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी र संचालन नाफा दुवै बढ्न पुगेको छ । यसकारण पनि लघुवित्तले नाफामा उल्लेख्य सुधार गर्न सफल भएको हो । खुद ब्याज आम्दानी ३०.२९ प्रतिशतले बढेर १ अर्ब ११ करोड १५ लाख रुपैयाँ आर्जन गरेको छ ।

त्यसतै, संचालन मुनाफा पनि ९६.१३ प्रतिशतले बढेर ७० करोड ९१ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, खुद ब्याज आम्दानी र संचालन नाफा बढेसँगै संस्थाको खराब कर्जा समेत घट्न पुगेको छ । यसले पनि लघुवित्तको नाफा बढ्नमा टेवा पुगेको हो ।

गत आवमा ०.९३ प्रतिशत ऋणात्मक रहेको खराब कर्जा सन्तुलनमा आएर १.८६ प्रतिशत कायम भएको छ ।

त्यस्तै, यस अवधिसम्म संस्थाले १० अर्ब १४ करोड ७५ लाख रुपैयाँ सापटी लिएर २० अर्ब ५ करोड कर्जा परिचालन गरेको छ । त्यस्तै निक्षेप १९.१५ प्रतिशतले बढेर ७ अर्ब ६८ करोड ४१ लाख रुपैयाँ संकलन गर्न सफल भएको छ ।

यस अवधिसम्म संस्थाको चुक्तापुँजी ३५ प्रतिशतले बढेर ८४ करोड ४४ लाख रुपैयाँ पुगेको छ भने रिजर्भको आकार ६४.४६ प्रतिशतले बढेर १ अर्ब ७३ करोड रुपैयाँ संचित रहेको छ ।

साथै समिक्षा अवधिसम्म संस्थाको प्रतिशेयर आम्दानी ७७.०७ रुपैयाँ बढेर १११ रुपैयाँ ९७ पैसा पुगेको छ । त्यस्तै, प्रतिशेयर नेटवर्थ २६८.४५ रुपैयाँ बढेर ३०५ रुपैयाँ २२ पैसा पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*