गोर्खाज फाइनान्सको साधारण सभा जेठ २७ गते बस्ने, शेयरधनीलाई छैन लाभांश
काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले २७औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको वैशाख २६ गते बसेको संचालक समितिको बैठकले सभा जेठ २७ गते बस्नेगरी आह्वान गरेको हो ।
सभा जेठ २७ गते अनुपम फुडल्याण्ड एण्ड ब्याङक्वेट, बानेश्वर, काठमाडौंमा बिहान ११ः३० बजे बस्ने कम्पनीले जनाएको छ ।
उक्त सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । साथै आर्थिक वर्ष २०७७।०७८ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह सम्बन्धित वित्तीय विवरणहरु छलफल गरी पारित गर्नेछ ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई कुनै पनि लाभांश प्रस्ताव गरेको छैन । यसकारण कम्पनीका शेयरधनीहरुको हात यसपटक रित्तो हुनेछ ।
कम्पनीले साधारण सभा प्रयोजनार्थ शेयर दाखिला खारेज (बुकक्लोज) जेठ १२ गतेदेखि जेठ २७ गतेसम्म तोकेको छ । यसअुनसार जेठ ११ गतेसम्म कायम शेयधरनीहरु मात्रै सभामा उपस्थित हुन पाउनेछन् ।