राष्ट्रिय बीमा संस्थानको समिक्षात्मक गोष्ठी सम्पन्न, उत्कृष्ट शाखालाई सम्मान

२५ बैशाख २०७९, आईतवार १३:४२

काठमाडौं । राष्ट्रिय बीमा संस्थानको समिक्षात्मक गोष्ठी सम्पन्न भएको छ । शाखा प्रमुख तथा प्रधान कार्यालयको उपस्थितिमा संस्थाले सो गोष्ठी सम्पन्न गरेको हो ।

गोष्ठीमा शाखाको व्यवसायिक विवरण र भावी योजनाहरुको बारेमा बृहत छलफल गरिएको थियो । विभागीय प्रमुखहरुले सेवाग्रहीको सेवालाई सहज बनाउने विषयमा आफ्ना धारणा ब्यक्त गरेका थिए ।

साथै उक्त गोष्ठीमा गत आर्थिक वर्षमा प्रथम बीमाशुल्क जम्मा गर्न सफल तिन उत्कृष्ट शाखा नारायणगढ, बुटवल र विराननगरलाई पंशंसापत्र, नगद र खादा ओढाई संस्थानका प्रशासक कबि प्रसाद पाठक, सहायक प्रशासक कृष्ण कुमार श्रेष्ठ र नायब महाप्रबन्धक महेश रिमालले संयुक्त रुपमा सम्मान गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*