मितेरी डेभलपमेन्ट बैंकको ७२ हजार कित्ता शेयर बिक्रीमा, कसरी दिने आवेदन ?

२५ बैशाख २०७९, आईतवार १०:५५

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयरधनीहरुको नाममा रहेको शेयर बिक्री गर्ने भएको छ । संस्थापक शेयरधनी राजीव भट्टराई र अनिल अग्रवालले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि कम्पनीसमक्ष निवेदन दिएबमोजिम संचालक समितिले बिक्री प्रक्रिया अघि बढाएको हो ।

राजीव भट्टराईको नाममा रहेको ४३ हजार ७४० कित्ता र अनिल अग्रवालको नाममा रहेको २९ हजार १५८ कित्ता शेयर गरी कुल ७२ हजार ६२८ कित्ता शेयर बिक्री गर्न लागिएको हो ।

उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयधरनीहरले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय महेन्द्रपथ धरान १२ सुनसरी वा शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड कमलादी काठमाडौंमा निवेदन पेश गर्न सक्नेछन् ।साथै तोकिएको अवधिभित्र शेयरधनीहरुबाट कुनै पनि पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य कुनै व्यक्ति तथा संस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*